डिशहोमका ग्राहकले जिते एक लाख, हरेक साता एक जनाले पाउने


१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का एक जना ग्राहकले नगद १ लाख रुपैयाँ जितेका छन् ।

१ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने योजना अन्तरगत क्यास आईडी ०२५६४०३३७७५ भएका डिशहोमका ग्राहकले १ लाख रुपैयाँ जितेका हुन् ।

हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ पाउने डिशहोमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा एक जनाले १ लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने डिशहोमले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।