
कृषि विकास बैकले वैशाख १५ गतेबाट विधिवत रुपमा यूएसडि प्रिपेड डलर कार्ड सेवाको शुरुवात गरेको छ ।
बैंकले वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाका विभिन्न प्रडक्टहरु उपलव्ध गराउने शिलशिलामा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ ।
जसबाट विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ईकमर्सको माध्यमबाट अनलाइन सपिङ्ग तथा विल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक बस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया