महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ ।
लघुवित्त चुक्ता पूँजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबरको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस सेयर बिहीबार सूचीकृत भएको हो ।
बिहीबार सूचीकृत बोनस लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।
महुली लघुवित्तको पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले साधारण सभा वितरण प्रयोजनार्थ पुस १२ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया