नबिल बैंक लिमिटेड (NABIL) ले आगामी जेठ ७ गते शनिबार विशेष साधारण सभा आह्वान गरेको छ ।
बैंक सञ्चालक समितिको बैशाख २२ गते सम्पन्न बैठकले जेठ ७ गते शनिबार बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।
बैंकको उक्त विशेष साधारण सभाले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ ।
दुई संस्थाको मर्जर तथा प्राप्ती प्रकृयाका लागि गराइएको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार कायम हुन आएको सेयर स्वाप रेसियो अनुपातको प्रस्ताव विशेष साधारण सभा मार्फत पारित गर्न लागेको हो । जसअनुसार एनबी बैंकको १०० कित्ता सेयर हुनेले नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।
यसैगरी मर्जर तथा प्राप्तीका लागि भएर गरेका सम्पूर्ण काम कारवाहीहरुको अनुमोदन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, र अन्य थप संस्थाहरुसँग पनि मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव विशेष साधारण सभामा रहेको छ ।
विशेष साधारण सभाका लागि बैंकले बैशाख ३० गते शुक्रबार सेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार बैशाख २९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहन आउने सेयरधनीहरुले मात्र विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया