खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।
संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गर्दै बैशाख ११ गते आइतबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
जारी पूँजी ४ करोड रुपैयाँ रहेको लघुवित्तले जारी पूँजीको ३३ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्नेछ । हाल कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ रहेको छ । जारी पूँजी ४ करोड रुपैयाँ मध्ये संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ चुक्ता भैसकेको छ । आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्कासन गर्न कम्पनीले प्रभु क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ । उक्त सम्झौतापत्रमा खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया