समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0
Shares

समृद्धि फाइनान्सले वैशाख २३ गते पुतलीसडक, पोखरा र बुटवल शाखाद्धारा वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

जस अन्तर्गत पुतलीसडक शाखाले मिल्टन इन्टरनेसनल कलेज, पोखरा शाखाले लायन्स क्लब को सहयोगमा अमरसिंह मा.वि.मा र बुटवल शाखाले वडा नं. ११ को टोल विकास समिति मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा विद्यार्थि कशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफ र पुतलीसडक शाखा प्रमुख बिक्रम ज्ञवालीले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।