पूँजी बजारको समस्या बुझेर पनि कार्यान्वयनमा नियामकहरु उदासीन बनेको लगानीकर्ताको आरोप

0
Shares

सेयर लगानीकर्ताहरुले नेपालका पूँजी बजारका नियामक निकायको उच्च तहमा पदासीन व्यक्तिहरुलाई पूँजीबजारको समस्याहरुका बारेमा अवगत भएपनि समस्याको समाधानको उपाएहरुको कार्यान्वयनमा भने उनीहरु उदासीन हुने गरेका आरोप लगाएका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरको परिपक्क पूँजीबजार सम्मेलनमा सहभागी प्यानलिस्ट तथा फ्लोरमा सहभागि भएका लगानीकर्ताहरुले समस्या समाधानतर्फ नियामक निकाय अग्रसर नभएको बताएका हुन् ।

नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारीले आफूहरुले राख्नुपर्ने विषयहरु नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा नेप्सेका पदाधिकारीबाटै आउने गरेपनि समस्या समाधानका उपायहरु कार्यान्वयन गर्नतर्फ कहिल्यै अग्रसर नभएको बताइन् ।

उनले भनिन्, “सेयर बजार जोखिमको क्षेत्र हो, जतिबेला पनि जे पनि हुनसक्छ भन्ने लगानीकर्तालाई बुझाउन आवश्यक छ ।” पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा सेयर शिक्षाका कमी रहेको बताउँदै उनले नियामक निकायले बजेटमा नै व्यवस्था गरेर यस क्षेत्रमा खर्च गनुपर्ने धारणा राखिन् । नियामक निकायले बजारलाई नियमनभन्दा नियन्त्रण गर्नतर्फ लागेको उनले बताइन् ।

यस्तै लगानीकर्ता हरि ढकालले नियामक निकायमा बसेका व्यक्तिहरु सीमित व्यक्तिहरुको लगानी नियन्त्रण गर्न नीतिगत रुपमै परिवतएन गर्दा समग्र लगानीकर्ताहरु प्रताडित हुनुपरेको उल्लेख गरे । गल तगर्नेलाई कारवार्हीको दायरामा ल्याउनुको साटो सबै लगानीकर्तालाई एउटै बाकसमा हालेर नीतिगत व्यवस्था हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

ढकालले नियामक निकायहरुले यति इन्डेक्स पुगेपछि यो नीतिगत व्यवस्था गरेर सेयर बजारलाई नियन्त्रण गर्ने गरेको लागेको आरोप लगाए । नीतिगत व्यवस्थाका आधारमा भन्दा तीन वर्षपछि कुनै एउटा व्यक्तिगत पहलमा मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ संशोधन भएको भन्दै उनले नियामक निकायमा रहनेले सेयर लगानीकर्तालाई उदार भएर हेर्नुपर्ने बताए ।

स्वतन्त्र पूँजीबजार सुधार संघका संयोजक रोहन कार्कीले सरकारले घरजग्गा कारोबारमा हुने गरेको ठूलो राजश्व छलीलाई वेवास्ता गर्दै पूँजीबजारलाई मात्र नियन्त्रण गर्ने गरिएको भन्दै आपत्ति जनाए ।

पूँजीबजारमा ४८ लाख लगानीकर्ता आबद्ध भएको भन्दै उनले एउटै क्षेत्रमा यति ठूलो जनशक्ति आबद्ध भएको क्षेत्रलाई सरकारले सेयर बजारलाई अनुत्पादक क्षेत्र घोषणा गर्दा लगानीकर्ता प्रताडित हुनुपरेको उनको भनाई छ ।

धितोपत्र बजारमा कम्पनीहरुले सेयर जारी गरेर पूँजी संकलन गरेर उत्पादनमुलक क्षेत्रमा समेत लगानी गरिरहेका भएपनि राष्ट्र बैंकका गभर्नरको अभिव्यक्तिले सेयर बजारमा गिरावट आएको भन्दै उच्च तहमा बस्ने व्यक्तिले अभिव्यक्ति गर्नेै विचारले पूँजी बजार प्रभावित हुने कुरामा ख्याल नगर्ने गरेको उनको भनाई थियो । राजनैतिक नेतृत्वमा पूँजी बजारभन्दा ज्ञानको कमी हुँदा सेयर बजारलाई परिपक्कम बनाउनभन्दा राजश्व संकलन स्रोत मात्र बनाउने गरेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।