
सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३५.४६ प्रतिशतले खुद नाफा बढेको छ ।
कम्पनीले चैत मसान्तसम्ममा कम्पनीले ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा ३३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ११.५१ प्रतिशतले बढेर ७४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६६ करोड ३६ लाख रुपैयाँ रहेको थियो । यस्तै गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४७ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी बढेर ५४ करोड ६६ लाख रुपैयाँ भएको छ ।
चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.७४ रुपैयाँ बढेर १४.५७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयरधनीकोषमा ८२ करोड १३ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा ६० करोड ८४ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.८० रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया