पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा मंगलबार तोलामा ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ ७०० रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि ७०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा सोमबार छापावाल सुन तोलाको १०० रुपैयाँले बढेर ९८ हजार ७०० रुपैयाँ र तेजावी सुन ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६४ र चाँदी प्रतिऔंस २२ दशमलव ०९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया