सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारको सेवा सहित आईपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा जारी गर्नुपर्ने शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटलले सम्झौता गरेको छ ।
सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत निष्काशन निष्काशन गर्ने गरी बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको क्यापिटलले जनाएको छ ।
सारा नेपाल लिमिटेड डिपार्टमन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ संचालन भईरहेको छ । हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रबद्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिहेको छ ।
एन आई सी एशिया क्यापिटलले आईडिया टू आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तरगत सारा नेपालसँग क्यापिटलले सम्झौता गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया