शोधनान्तर स्थिति २६८.२७ अर्बले घाटामा, चैतमा मात्रै १० अर्ब थपियो


चालु आर्थिक वर्षको चैत महिनासम्ममा देशको शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घटामा रहेको छ । उच्च आयातका कारण देशको बाह्य स्थितिमा दवाव परेपछि अबलम्बन गरिएको आयात नियन्त्रणको नीतिले शोधनान्तर घाटा घट्ने क्रमलाई कमी गरेको हो ।

चालु आर्थिक वर्षको माद्द महिना देखि शोधनान्तर स्थिति घट्ने क्रममा कमी आएको हो । माघ महिनामा करिब ६ अर्बले थपिएको शोधनान्तर स्थिती फागुन महिनामा ११ अर्बले थपिएको थियो । चैतमा त्यो क्रममा केही घटेर १० अर्ब रुपैयाँले मात्र शोधनान्तर स्थिति घाटा थपिएको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा ४५ अर्ब घाटा थपिएकोमा पुसामा ४६ अर्बले शोधनान्तर घाटा थपिएको थियो ।

चालु आर्थिक वर्षको चैतसम्ममा चालु खाता ५१२ अर्ब ७१ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २१० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको चैतसम्ममा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता चालु आवको सोही अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

चालु आवको चैतसम्ममा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।