
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार सुनको भाउ ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा बुधबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँ र तेजावी सुन ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५२ र चाँदी प्रतिऔंस २१ दशमलव ४० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया