जापानको मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्य भन्दा उच्च


जापनी केन्द्रीय बैंकले जापानको मुद्रास्फीति दर २ प्रतिशत आकलन गरेको छ । बढ्दै गएको इन्धन तथा खाद्यान्नको मूल्यका कारण मुद्रास्फीति दर भने २ प्रतिशत भन्दा माथि जाने उपभोक्ता मुद्रास्फीति सूचांकले जनाएको हो ।

यसैगरी विश्वव्यापी रुपमा अरु देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरिरहँदा जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिकका कारण पनि जापानमा मुद्रास्फीति दर बढ्दै गएको विश्लेषकहरुको भनाइ रहेको छ । आकाशिएको कच्चा पदार्थ, इन्धन तथा खाद्यान्नको मूल्यका कारण अप्रिल महिनाको उपभोक्ता मुद्रास्फीति सूचांक २.१ प्रतिशत भएको हो ।

यस सम्बन्धमा जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका गर्भनर हारुहिको कुरोडाले मुद्रास्फीति अस्थायी हुने भएकाले आफूहरु विस्तारीत मौद्रिक नीति परिवर्तन नगर्ने पक्षमा रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।