
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को सचिव तथा कोषाध्यक्ष पदमा नेपाली व्यवसायी सुमन पाण्डे पुनः निर्वाचित भएका छन् ।पाटाको ७१ औं वार्षिक साधारणसभाले उनलाई दोस्रो कार्यकालका लागि सोही पदमा निर्विरोध निर्वाचित गरेको हो ।
पाटाको नयाँ कार्यसमिति अध्यक्षमा ब्र्रिटिस नागरिक पिटर सिमोन र उपाध्यक्षमा ताइवानका बेन लिआवो निर्वाचित भएका छन् ।
पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष समेत रहेका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेस्टुरेन्ट लगायत पर्यटन व्यवसायमा तीन दशकदेखि संलग्न रहेका छन् ।
उनले ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष भएर काम गरिसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया