भरतपुरमा एमालेका सुवेदीको अग्रता, रेनुसँग मतान्तर बढाउँदै

0
Shares

भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ८३८ मत प्राप्त गरेका छन् ।

पछिल्लो समय सुवेदीले रेनुसँग मतान्तर बढाएका हुन् । समाचार तयार पार्दासम्म सुवेदी ३३ मतले अगाडि छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले तीन हजार ८०५ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५११ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ३५१ मत पाएका छन्। उनको प्रतिस्पर्धी एमाले सहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ९९८ मत पाएकी छिन् ।

यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ९९१ र भरत लामिछानेले ६४१ मत पाएक पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ । वडा नम्बर १ बाट नेपाली कांग्रेसका केशव महर्जन १३९७, वडा नम्बर २ बाट पनि नेपाली कांग्रेसकै मनोज रानाभाटले २०९९ मत पाउादै निर्वाचित भएका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठबन्धनको अग्रता छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।