पोखरा महानगरमा गठबन्धनका उम्मेदवारलाई २८० मतान्तरकाे अग्रता

0
Shares

स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा दश हजार बढी मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) धनराज आचार्यले ४ हजार ११० मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३ हजार ८३० मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले २८० मतले अग्रता हासिल गरेका हुन् ।

यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेबी गुरुङ ८६ मतले अडाडि छिन् । एमालेकी गुरुङ ४ हजार ३८४ मतसहित अग्रस्थानमा रहँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४ हजार २९८ मतसहित गुरुङलाई पछ्याइरहेकी छिन् ।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याइन् ।

वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।