
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घटेको छ । यसअघि ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले अब भने १.६७ प्रतिशत कम लाभांश वितरण गर्नेगरी संसोधन भएको हो ।
लघुवित्तको बैशाख २९ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकबाट लघुवित्तको चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले यसअघि २०७८ चैत १३ गते चुक्ता पूँजी ६ करोड १५ लाख रुपैयाँको आव २०७७।७८ बाट ११ प्रतिशतले हुन आउने बोनस (६७ लाख ६५ हजार रुपैयाँ) सेयर तथा ०.५० प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँ नगद) लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश संशोधन गरी चुक्ता पूँजीको ९.३३ प्रतिशत बोनस र ०.३३ प्रतिशत नगद लाभांश वितरण गर्नगरी प्रस्तावित लाभांशमा संशोधन गरिएको प्रमुख कार्यकारी अधिकृत बसन्त बहादुर शाक्यले जानकारी दिए ।
नेप्सेमा पत्राचार गरिएको पत्रमा लेखिएको छ, ‘साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लि। एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी अक्षरेपी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँमा आर्थिक वर्ष २०७७।७८ को बोनस सेयर र आयकर ऐन, २०६३ को दफा ४७ (क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आव २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु ३ लाख ३८ हजार २५० रुपैयाँबाट कायम हुने ०.५० प्रतिशत मात्र नगद लाभांश आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।’
लाभांश पारित गर्न कम्पनीले जेठ २० गते शुक्रबार इन्द्रावति सामुदायिक केन्द्र सिन्धुपाल्चोकमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया