एक अर्बको ‘एनआईसी एसिया फलेक्सी क्याप फण्ड’ बिक्री गर्न बोर्डको अनुमति

0
Shares

सर्वसाधारणमा एक अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एसिया फलेक्सी क्याप फण्ड’ को इकाई बिक्रीमा आउने भएको छ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैशाख २९ गते बिहीबार ‘एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड’ नामक सामुहिक लगानी कोषको इकाई बिक्री अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै अब यो योजनाको १ अर्ब रुपैयाँ बराबरका इकाइहरुको सार्वजनिक निष्कासन हुनेछ । यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासनमा आउनेछ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापकमा सञ्चालित हुने उक्त बन्दमुखी योजना एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुनेछ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।