सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

0
Shares


सुनको मूल्य नेपाली बजारमा मंगलबारको तुलनामा बुधबार तोलामा ९०० रुपैयाँले सस्तिएको छ । मंगलबार तोलामा २०० रुपैयाँले महङ्गिएको सुन बुधबार भने करिब एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९०० रुपैयाँले घट्दै प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी तोलाको २० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भएकोमा बुधबार १० रुपैयाँले सस्तिँदै १ हजार २५० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

नेपाली बजारमा मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँ र तेजावी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८११ र चाँदी प्रतिऔंस २१ दशमलव ५८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।