बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) को स्वामित्वमा रहेको छिमेक लघुवित्तको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले चैत १३ गतेदेखि वैशाख १८ गतेसम्म लिलामीमा ल्याएको संस्थापक सेयर जेठ ३ गते बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार प्रतिकित्ता ६०४ रुपैयाँले खरीद गर्न माग गर्दै आवेदन दिएका आवेदकलाई २ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो ।
लघुवित्त कम्पनीको ६ लाख ६ हजार १४० कित्ता सेयर न्यूनतम प्रतिकित्ता ६०० मूल्य तोकेर लिलामी खुला गरिएको थियो ।
विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न सक्नेगरी आह्वान गरी बिक्री गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया