सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

0
Shares

सुनको मूल्य नेपाली बजारमा बुधबारको तुलनामा बिहिबार तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा बिहिबार सुनको भाउ ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ५०० रुपैयाँले बट्दै प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । बिहिबार ५ रुपैयाँले बढेर चाँदी तोलाको १ हजार २५५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको १० रुपैयाँले सस्तिँदै १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा बुधबार छापावाल सुन तोलाको ९५ हजार ८०० रुपैयाँ र तेजावी सुन ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१४ र चाँदी प्रतिऔंस २१ दशमलव ४० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।