हुण्डाईले सन् २०२५ सम्ममा अमेरिकामा १० अर्ब डलर लगानी गर्दै

0
Shares

दक्षिण कोरियाली अटोमेकर कम्पनीले सन् २०२५ सम्ममा अमेरिकामा १० अर्ब डलर बढी लगानी गर्ने जनाएको छ ।

हुण्डाई मोटर कर्पोरेशन तथा किया कर्पोरेशनको प्यारेन्ट कम्पनी हुण्डाई मोटर गु्रपले अमेरिकाको जर्जिया राज्यमा विद्युतीय सवारी तथा ब्याट्री विकासको लागि ५.५ अर्ब डलर लगानी गर्ने भएको हो ।

गत वर्ष हुण्डाईले विद्युतीय सवारी साधन उत्पादनको लागि अमेरिकामा सन् २०२५ सम्ममा ७.४ अर्ब लगानी गर्ने घोषणा गरेको थियो । यसैगरी विश्वको तेस्रो ठूलो अटोमेकर कम्पनी हुण्डाईले जर्जियामा गरिएको लगानी बाहेकको थप ५ अर्ब कहाँ लगानी गरेको बारे प्रष्ट पारेको छैन ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बिडेनले हुण्डाईलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै अटोमेकर कम्पनीहरुले सन् २०३० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यमा अमेरिका सहभागी हुन पाएकोमा हर्ष व्यक्त गरेका छन् ।

यसैगरी हुण्डाई मोटर ग्रुपका कार्यकारी प्रमुख इउसुन चुङले जर्जियामा निर्माण हुने प्लान्टले ग्राहकको माग बुझी उच्च गुणस्तरीय कार निर्माण गर्ने र अमेरिकी अटोमोबाइल क्षेत्रमा आफूलाई स्थापित गर्ने बताएका छन् ।

गत साता हुण्डाईले विद्युतीय कारको विकासका लागि दक्षिण कोरियामा १६ अर्ब डलर लगानी गरेको थियो ।

यसअघि हुन्डाई मोटर ग्रुपले दक्षिण कोरियामा विद्युतीय सवारीमा २१ ट्रिलियन वन अर्थात् १६.५० बिलियन डलर लगानी गर्ने निर्णय गरेको थियो ।

हुन्डाई मोटर ग्रुपले विद्युतीय सवारीमा साढे १६ बिलियन डलर लगानी गर्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।