हुन्डाई मोटर ग्रुपले विद्युतीय सवारीमा साढे १६ बिलियन डलर लगानी गर्दै

0
Shares

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर ग्रुपले २१ ट्रिलियन वन अर्थात् १६.५० बिलियन डलर लगानी गर्ने भएको छ ।

हुण्डाइको वार्षिक १४ लाख ४० हजार विद्युतीय कार निर्माण गर्ने उद्देश्य रहेको छ । यसै उद्देश्यका साथ सन् २०३० सम्ममा पूर्ण रुपमा फ्याक्ट्री निर्माण गर्न हुण्डाइले उक्त रकम लगानी गरेको हो ।

हुन्डाइले अघि सारेको विद्युतीय सवारीको उत्पादन सङ्ख्या विश्वव्यापी रुपमा उत्पादन हुने विद्युतीय सवारी साधनको ४५ प्रतिशत रहेको छ ।
यसैगरी गत वर्ष विद्युतीय सवारी साधन उत्पादन र प्रर्वद्धनका लागि अमेरिकामा रहेको फ्याक्ट्रीमा ७.४ बिलियन लगानी गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।