युनाइटेड इन्स्योरेन्सको बुकक्लोज आज, जेठ २३ गते साधारण सभा

0
Shares

युनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडले जेठ २३ गते सोमबार आह्वान गरेको साधारण सभाका लागि जेठ ९ गते सोमबार आज सेयर दाखिला खारेजी मिति (बुकक्लोज) गर्दैछ ।

कम्पनी सञ्चालक समितिको ३६७ औं बैठकको निर्णय अनुसार कम्पनीले जेठ २३ गते सोमबार मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । अनमोल ब्याङ्केट शंखमुलमा बिहान ११ बजेबाट सभा सुरु हुनेछ ।

साधारण सभाबाट कम्पनीले कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र्पुयाउन निर्देशन भएअनुसार कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने एजेण्डा राखेको छ ।

आव २०७७।७८ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेको कम्पनीले मर्जरको प्रस्ताव सहित सोका लागि चल(अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्नेछ ।

साथै सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ६ जना सञ्चालकको नियुक्ति गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते सेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात जेड ६ गते शुक्रबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

युनाइटेड इन्स्योरेन्सका सेयरधनीले लाभांश नपाउने, पाँच वर्ष यता लगानीकर्ताकाे हात रित्ताे

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।