जनरल इन्स्योरेन्सले ३०% हकप्रद सेयर बिक्री गर्ने

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्री गर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको पूँजी एक अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।