
नेपाल प्रहरीले विल विजक नभएको चिनीसहित ट्रक बरामद गरेको छ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ धनेवा ईलाकाबाट जेठ ८ गते करीव १ सय ९ क्वीन्टल चिनीसहित एउटा ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतको सुरक्षा बेश सेमरीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लु १ ख ९७६२ नम्बरको ट्रकभित्र लोड गरि राखेको अवस्थामा उक्त ट्रक बरामद गरेको जनाएको छ ।
चिनीको विल विजक फेला नपरेपछि सो ट्रक तथा उक्त ट्रकका चालकलाई समेत पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा
बुझाईएको प्रहरीले जनाएको छ । बरामद चिनी तथा ट्रकको भन्सार दाखिला मुल्य १७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया