एनआईसी एशिया फ्लेक्सी क्यापको इकाई जेठ १९ गतेदेखि सर्वसाधारणमा बिक्रीमा आउने भएको छ ।
एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा जेठ १९ गतेदेखि २४ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सबै इकाई खरीदको माग नपरेको खण्डमा भने असार २ गतेसम्म इकाई किन्न सकिनेछ ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
सात वर्ष अवधिको बन्दमुखी पकृतिको यस योजनाको इकाई खरीदका लागि लगानीकर्ताले मेरो सेयरको मोबाई एप तथा वेबसाइ, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा पनि आवेदन दिन सक्नेछन्। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
क्यापिटलले प्रतिइकाई निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई म्युचुअल फण्ड र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । हाल बजारमा २९ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेकाछन् । जसमध्ये एनआईसी एशिया क्यापिटलले यसअघि चार वटा सामुहिक लगानी कोष योजना सञ्चालन गरिरहेको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेस्ड फण्ड, एनआईसी एशिया सेलेक्ट ३० गरी तीनवटा बन्दमुखी प्रकृतिको र एउटा एनआईसी एशिया डायनामिक डेप्थ फण्ड नामक खुलामुखी प्रकृतिको फण्ड सञ्चालन गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया