मंगलबार कस्तो रह्यो प्रि ओपनिङ्ग सेसन ?

0
Shares

साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा साखै उत्साह देखिएको छैन । बजार सूचक घट्दै आएर २ हजार २०० को बिन्दुमा झरेपछि पछिल्ला दिनहरुमा प्रि ओपनमा न्यूून कारोबार हुँदै आएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ४ कम्पनी मध्ये ३ कम्पनीको भाउ बढेसँगै नेप्से सामान्य बढेको छ ।एक कम्पनीकोमाध मूल्य घटेको छ । नेप्से २.२६ अंकले बढेसँगै सूचक २ हजार २०३ दशमलव १४ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ४ कम्पनी ११० कित्ता सेयर ४२ हजार ७११ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि-ओपनिङ्ग सेसनमा प्रभु इन्स्योरेन्सको भाउ घट्दा, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त र नेशनल हाइड्रोपावरको सेयरमूल्य बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।