विन नेपाल लघुवित्तको साधारण सभा जेठ ३१ गते

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३१ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

थप नयाँ सेयर (एफपीओ) निष्काशन र लाभांश प्रस्ताव पारित गर्नेमुख्य प्रस्ताव सहित कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसैगरी बोनस सेयर वितरणपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्ने छ ।

सभामा लघुवित्त र अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनका लागि जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सशेयरधनीहरुले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।