.jpg)
सांसद बिनोद चौधरीले सरकारले परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागू गरेको सातामा दुई दिने सार्वजनिक हटाउन माग गरेका छन् ।
अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद चौधरीले सरकारको डेलिभरी सिष्टम ढिलो रहेको भन्दै आइतबारको बिदा हटाउनुपर्ने बताएका हुन् । अहिले सरकारको निर्णयले एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आएको भन्दै उनले २ दिन विदा दिने निर्णय खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
अर्थसमितिको छलफलमा मंगलबार बोल्दै उनले दुई दिन सार्वजनिक विदा दिनुको साटो सवारी साधनमा जोर बिजोर प्रणालीमा जान समिने बताए ।
सरकारले यही जेठ १ गतेबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेको थियो । सो व्यवस्थाअनुसार हाल सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय सञ्चालन हुँदै आइरहेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस सांसद तथा उद्योगी व्यवसायी चौधरीले नेपालमा श्रमको लागत बढी रहेकाले दुई दिन छुट्टी प्रत्युत्पादक हुने उनले बताए ।एकातिर सरकारको सेवा प्रवाह प्रणाली कमजोर हुने र अर्कोतिर काम गर्ने दिन र समय घटाइनुले उत्पादन घटाउने चौधरीको भनाइ छ ।
यसैगरी पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि विकासशील देशले झन् बढी काम गर्नुपर्ने भन्दै दुई दिन बिदा दिने व्यवस्था हटाउनुपर्ने बताए । सरकारको यो व्यवस्था निजी क्षेत्रका लागि थप प्रत्युत्पादक हुने उनले बताए ।
इन्धनको खपत घटाउने उदेश्यका साथ सातामा दुई दिने विदा लागू गरिएको भएपनि अस्पताल, विद्यालय लगायत क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरुले समेत सरकारले लागू गरेको आइतबार र शनिबार सार्वजनिक विदा दिने निर्णय सच्याउनुपर्ने बताउँदै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया