पूँजी बजार विकास र विस्तारको लागि सरकारले उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्ने

0
Shares

सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ ।

राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजी बजारका नियामकको क्षमता अभिवृद्धि गर्ने घोषणा समेत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजीबजारको विस्तार तथा विकास गर्नका लागि पूँजी बजार र बीमालाई उत्पादनसँग जोडिने उल्लेख गर्नुभएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने पनि ल्याईने उल्लेख गर्नुभयो ।

सरकारले समग्र देशको क्रेडिट रेटिङ्ग गर्ने घोषणा समेत नीति तथा कार्यक्रम मार्फत गरिएको छ । “पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने छ । ” सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।