
सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा स्वचालित प्रणली लागू गर्ने भएको छ । यस्तै ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कायक्रममा पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने उल्लेख छ। सरकारले पेट्रोलियम पदार्थको आपुर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावित बनाइने नीति समेत लिएको छ ।
स्वचालित मूल्य लागू गर्दा यसले पेट्रोल डिजेल तथा ग्यासको मूल्य अझै बढ्ने देखिन्छ।
यस्तै सरकारले ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ । सरकारले विद्युतीय बस्तु खपत वृद्धि गर्नका लागि सो योजना अगाडि सारेको हो ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । यस्तै ७१५ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति पनि सरकारले लिएको छ ।
सरकारले नेपालमा भएका उद्योगहरुले भरतमा विक्री हुनेभन्दा सस्तोमा विद्युत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया