अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने


नेपाल सरकारले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गर्ने भएको छ । सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार खाद्यवस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने कार्यक्रम ल्याउने भएको हो ।

त्यसका लागि सरकारले आगामी वर्षमा अर्गानिक खेतिलाई पनि प्रोत्साहन गर्ने भएको हो । त्यसैगरी नीति तथा कार्यक्रममा गुणस्तरीय, उन्नत तथा वर्णसङकर बीउ विकास गरी बीउविजनमा आत्मनिर्भर हुने उल्लेख छ । जलवायु परिवर्तनका असरलाई धान्नसक्ने बातावरण अनुकुलनमैत्री स्थानीय वीउबिजनको अनुसन्धान र विकासमा जोड दिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमूख संवाहकहरुको रुपमा विकास गर्ने लक्ष्य राखेको सरकारले नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान, यान्त्रिकीकरण, व्यवसायीकरण र जलवियु अनुकुलन प्रविधिको प्रबद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने छ । वित्त, मौद्रिक, सिँचाइ, उर्जा, वन, पर्यटन, उद्योग वाणिज्य, आपुर्ति, भु–उपयोग क्षेत्रका नीति तयार गर्दा कृषि तथा वन क्षेत्रको उत्पादन र उत्पादकत्वमा योगदान पुग्नेगरी सामञ्जस्य कायम गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० जेठ २०७९, मंगलबार  १८ : २९ बजे