एनएमबि बैंक काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

0
Shares


एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर नेपाल” प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।