उत्पादन र निर्यातमूलक उद्योगलाई विद्युत महशुलमा सहुलियत


सरकारले आगामी आर्थिक वर्ष देखि उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई विद्युत महशुलमा सहुलियत दिने भएको छ । सरकारले निर्यात प्रवद्र्धन तथा आन्तरिक उत्पादन बढाउन यस्ता उद्योगहरुलाई विद्युत महशुलमा सहुलियत दिने भएको हो ।

मंगलबार राष्ट्रिपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम अनुसार उत्पादनमूलक तथा निर्यातमूलक उद्योगको उतपादन लागत घटाई निर्यात प्रवद्र्धन गर्ने उल्लेख छ । त्यसैगरी यस्ता उद्योगलाई औसत बाह्य उर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महशुलमा सहुलियत दिने नीति सरकारले लिने उल्लेख छ ।

त्यसैगरी सरकारले आगामी आवमा आधारभूत र जीवनरक्षक औषधि, अक्सीजन, खोप तथा औषधिजन्य समाग्री उतपादनलाई थप प्रोत्साहन गर्ने जनाएको छ । नेपाली औषधी उतपादकहरुको उतपादन क्षमता वृद्धि गरी औषधीको आपुर्तिमा समेत सुधार गर्ने नीति सरकारले अबलम्बन गर्ने राष्ट्रपति भण्डारीले बताईन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।