सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि

0
Shares

सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि सोहीअनुसार समायोजन गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार हालको भाडादरमा यात्रुवाहक सवारीमा २.१ प्रतिशत वृद्धि भएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत वृद्धि भएको छ । तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडादर वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थमा एकै पटक पाँच प्रतिशत मूल्य थपघट हुँदा वैज्ञानिक भाडादरका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने नीति भएकाले भाडा वृद्धि भएको हो । विभागले मङ्गलबारदेखि लागू हुने गरी अन्तर प्रदेश रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

यसअघि विभागले जेठ ३ गते भाडा समायोजन गर्दा साबिकको भाडादरमा ३.५ देखि ५.१ प्रतिशतसम्म वृद्धि गरेको थियो । २०७८ चैत २० गते पनि १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि भएको थियो ।

सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजनका लागि पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजेल पेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर समायोजन गरिन्छ । विभागले अन्तर प्रदेशका रुटमा भाडा समायोजन गर्दछ भने प्रदेशभित्र प्रदेश सरकारले समायोजन गर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  ०८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।