वायुसेवा कम्पनीहरुले बढाएको हवाई भाडादर आजदेखि लागू

0
Shares

वायुसेवा कम्पनीहरुले बढाएको हवाई भाडादर आजदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन ।

वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन। बढेको भाडा जेठ ११ गते बुधबारदेखि लागू हुने भएको संघले जनाएको छ । संघले गत सोमबार नै भाडादर बढाउने बारे सूचना जारी गरेको थियो ।

संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ ।

हवाई भाडादर बढेसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

गत आइतबार नेपाल आयाल निगमले हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।