आरएसडिसी लघुवित्तको बोनस सूचीकृत

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को बोनस सेयर सूचीकृत भएको छ । 

कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सूचीकृत भएको हो ।

लघुवित्तको साधारण सभाबाट पारित भए बमोजिमको ७ लाख ३१ हजार ९५९ दशमलव ७६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सूचीकृत बोनस सेयर साधारण सभाका लागि बुकक्लाजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले डिम्याट खातामा प्राप्त गरेपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लघुवित्तको २०७८ मंसिर १० गते शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण भसाले उक्त प्रस्ताव पारित गरेको थियो । साधारण सभाका लागि कम्पनीले कार्तिक ३० गते बुकक्लोज गरेकाले कार्तिक २९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त सूचीकृत बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १२ जेष्ठ २०७९, बिहिबार  ०९ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।