बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच छुटसम्बन्धी सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७ तथा १० प्रतिशतको छुट पाउने छन्।

यस सम्झौता पश्चात् ग्राहकले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको जनाइएको छ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुको सेवा गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।