चीपमेकर ब्रोडकमले क्लाउड कम्प्युटिङ कम्पनी भीएमवेयरलाई ६१ अर्ब डलरमा खरिद गर्ने

0
Shares

चीपमेकर ब्रोडकमले क्लाउड कम्प्युटिङ कम्पनी भीएमवेयरलाई ६१ अर्ब डलरमा खरिद गर्ने भएको छ ।  यो एक्युजीसन चीपमेकर कम्पनीहरुको इतिहासमा भएको सबैभन्दा ठूलो एक्युजीसन हो ।

माइक्रोसफ्ट कर्पोरेशन र भिडियो गेम-मेकर एक्टिभिजन बिलिज्यार्डबीच भएको एक्युजीसन सन् २०२२को सबैभन्दा ठूलो एक्युजीसन डिल रहेको छ । यस सँगै ब्रोडकम र भीएमवेयरको एक्युजीसन सम्झौता यस वर्षको दोस्रो ठूलो सम्झौता सावित भएको हो ।

भीएमयोएरले एक्युजीसनमा जानको लागि मे २२मा आवेदन खुल्ला गरेको थियो । आवेदनको समय ४० दिन राखिएको छ । यी ४० दिनभित्रमा अरु कुनै कम्पनीहरुले भीएमवेयर अधिग्रहण गर्नु चाहेमा भीमवेयरले ब्रोडकमलाई सम्झौता ब्रेकअप गरेबापत १.५ बिलियन तिर्नु पर्ने छ ।

हालसम्म अरु कम्पनी अघि नर्सदा ब्रोडकम र भीएमवेयर बीच सम्झौता कायम भएको छ । ब्रोडकमले भीएमवेयरको प्रति कित्ता १४२.५० डलरमा खरिद गर्ने भएको छ । यसैगरी उक्त सम्झौतामा भीएमवेयरको ८ अर्ब डलर ऋणलाई पनि समावेश गरिएको छ ।

यी दुई कम्पनीहरु एक्युजीसनमा जाने भएपछि ब्रोडकमको सेयर ३.५ प्रतिशतले बढेको छ भने भीएमवेयर ३.१ प्रतिशतले बढेको छ । यसै सम्झौताका बारेमा फ्युचुरम रिसर्चका विश्लेषक डेनियल न्युम्यानले, “ब्रोडकमले भीमवेयर पाउनु भनेको सफलताका महत्वपूर्ण ढोकाहरु खुल्दै जाने छन् । यो सम्झौताले ती ढोकाहरु खोल्ने छ, जुन ब्रोडकमले खोल्न सकेको छैन ।”

यो सम्झौताले ग्याजेटमेकर डेलको लागि भने र्दुभाग्यपूर्ण रहेको छ । डेलका प्रमुख कार्यकारी मिसेल डेलले भीमवेयरको ४० प्रतिशत सेयर लगानीकर्ता रहेका छन् । यसैगरी उनकै नजिकका सिल्भर लेकले कम्पनीको १० प्रतिशत सेयरहोल्ड गरेका छन् । यी दुवैले ब्रोडकम र भीमवेयरको सम्झौतालाई स्वीकारोक्ति दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।