मौद्रिक नीतिको समीक्षा प्रभावः ब्याजदर बढ्ने नीतिले सेयर बजारमा पुनः ओरालोतर्फ

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि पछिल्लो २ दिन बढेको नेप्से शुक्रबार पुनः घटेको छ । नीतिगतदरहरु यथावत राख्दै राष्ट्र बैंकले आवश्यकता अनुसार ब्याजदर चलाउने निित सार्वजनिक परेपछि बजारमा नकारात्मक असर परेको हो ।

यसै केन्द्रीय बैंकले समीक्षा मार्फत४–१२ को नीति लगायत कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन ।

ब्याजदर बढ्दा सेयर बजारमा असर पर्ने भएकाले लगानीकर्ताहरु समीक्षाबाट आशावादी बन्न नसक्दा बजार ओरालो लागेको हो । अब आइतबार आउने बजेटले पूँजीबजारका विषयमा गर्ने सम्बोधनले पूँजीबजार कता जान्छ भन्ने निक्र्यौल हुनेछ ।

सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकता दिइएकाले बजेटमा लगानीकर्ताका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम मार्फत पूँजी बजारलाई उत्पादनमूलक उद्योगसँग जोड्ने, बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग जोड्ने सरकारले घोषणा गरिसकेको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम भने अघिल्लो दिनभन्दा ४१ करोडले बढेको छ । शुक्रबार नेप्से सूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा झरेको छ ।  यसदिन २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर २१ हजार ९०४ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटनबाहेक बाँकी सबै १२ वटै उपसमुहगत सूचक घटेका छन् । अन्य, वित्त, र जलविद्युतको सूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । १७ करोड ६० लाख रुपैयाँको कारोबार हुँदै अग्रस्थानमा रहेको छ । मेगा बैंक ९ करोड ८२ लाख सहित दोस्रो र अरुण भ्याली हाइड्रोपावर४ करोड ६२ लाख रकम सहित तेस्रो स्थानमा छ ।

आज रुरु जलविद्युतका लगानीकर्ताले सर्वाधिक ६.१३ प्रतिशतले बढेको छ । कम्पनीको सेयर ५२ रुपैयाँ बढेर ९०० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.३१, उपकार लघुवित्तको ४.०४, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर ४.०१ प्रतिशतले बढेको छ ।

शुक्रबारको बजारमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक ३.८९ प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य ५६२ रुपैयाँ घटेर १३ हजार ८८८ रुपैयाँमा झरेको छ । दिब्यश्वरी हाइड्रोपावर ३.७५, हिमाल दोलखा हाइड्रोपावर ३.७४, कर्णाली डेभलपमेनट बैंक ३.६५, अपर तामाकोशी ३.२१, लिवर्टी इनर्जी ३.१०, युनाइटेड मोदी हाइड्रोपावर ३.०६ प्रतिशत र सामलिङ्ग पावरको ३.०२ प्रतिशतले मूल्य घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।