घरजग्गाको कारोबार अनुमति प्राप्त व्यक्ति वा संस्थाबाट मात्रै


सरकारले आगामी आर्थिक वर्ष देखि घरजग्गाको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत घरजग्गाको कारोबार आधिकारीक व्यक्ति वा संस्थाबाट मात्र गर्ने व्यवस्था गरेको हो ।

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्ष देखि महानगर र उप महानगरपालिका मार्फत कार्यान्वयन सुरु गरीने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । उनले आगामी वर्षहरुमा नगरपालिका र गाउँपालिकाहरुमा पनि विस्तारै कार्यान्वयन गर्दै लगिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।