महामारीपछि बजेटमा व्यवस्थित र विस्तारित कृषि एवं स्वास्थ्य क्षेत्र

0
Shares

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै संकट उन्मूख भएपछि नेपाल सरकारले पनि त्यसलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । अख्न्तराष्ट्रिय रुपमा खाद्य संकट आउन सक्ने जोखिम बढ्दै गएपछि सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने गरी कार्यक्रमहरु ल्याएको हो ।

सरकारले विगतका वर्ष देखि कृषि क्षेत्रमा विभिन्न शिर्षकमा अनुदान दिदै आएको भएपनि त्यसको प्रभावकारिता शुन्य जस्तै दखिन्छ । आन्तरिक उत्पादनमा आएको दैनिक गिरावटलाई ध्यानमा राख्दै सरकारले आगामी आवको बजेट मार्फत आन्तरिक उत्पादन तथा बजारीकरणका लागि स्थानियतह मार्फत आवश्यक काम गर्ने भएको हो ।

सरकारले आगामी आर्थिक वषृका लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगमी आर्थिक वर्षलाई राष्ट्रिय उत्पादन वर्षको रुपमा अभियान चलाउने भएको छ ।

त्यसैगरी कृषि क्षेत्रका लागि रुपमान्तरण गर्नका लागि एक वडा एक कृषि प्राविधिकको व्यवस्था समेत गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

त्यसैगरी आयात गर्ने बस्तुहरुको गुणस्तर परिक्षण गर्ने तथा सरकारी क्षेत्रमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने व्यवस्था आगामी बजेटले गरेको हो । त्यसैगरी कपास र रबर खेतिका लागि प्रदेश सरकारको सहकार्यसंग विषेश कायक्रम ल्याउने सरकारले घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष एक स्थानिय तह एक उत्पादनको अभियान पनि चलाउने भएको छ । त्यसका साथै सरकारले प्रदेश र स्थानिय तहको सेयर लगानी नै रहने गरी कृषि समाग्री बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाउने भएको हो।

सरकारले आगामी आर्थिक वर्षमा शिक्षक अस्पातल समेत स्थापन गर्ने जनाएको छ । त्यसका साथै सबै सहकारी तथा सामाजिक अस्पतालहरुमा सामाजिक इकाइको स्थापना गराउने भन्दै सरकारले स्वाथ्य बीमाका लागि मात्र ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।

सार्थै मन्त्री शर्माले एक अस्पताल एक चिकित्सकको व्यवस्था गरिने समेत बताए । हाल भएको विभिन्न अस्पतालहरुको स्तरोन्नती तथा नयाँ शिक्षण अस्पतालहरु खोलिने समेत आगामी आवको बजेटले व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।