बीमा कम्पनीहरुले आगामी आर्थिक वर्षदेखि आर्जित नाफाको निश्चित प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै बीमा कम्पनीहरूले कमाएको नाफाको रकमबाट निश्चित प्रतिशत रकम अनिवार्य रुपमा पूर्वाधारतर्फ लगानी गर्नुपर्ने व्यवस्था गरेका हुन् ।
यस्तै सरकारले सरकारले बीमा महाविपत्ती बोन्ड जारी गरेर कोरोना बीमाको भुक्तानी गर्न बाँकी रकम भुक्तानी गर्ने भएको छ । बीमा समितिको सुझाव अनुसार यस्तो बोन्ड जारी गर्न लागिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया