
बजेट पश्चात पहिलो कारोबार दिन सोमबारको प्रि ओपनिङ्गमा नेप्से ३.६५ अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा १२ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ५ कम्पनीको भाउ बढेको छ । तीन कम्पनीको भाउ घट्दा ४ कम्पनीको भाउ यथावत रहेको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी पूँजीबजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् । यसले पनि आगामी दिनमा सरकारले पूँजी बजारको विकासमा ध्यान दिने आशा लगानीकर्तामा सञ्चार हुँदा सेयर बजारमा उत्साह थपिएको छ ।
आज नेप्से ३.६५ अंकले बढेर नेप्से सूचक २ हजार २२७ दशमलव ४३ बिन्दुमा पुगेको छ । यस अवधिमा १२ कम्पनी १ हजार १५३ कित्ता सेयर ५ लाख २८ हजार ४१४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया