हिमालयन जनरल इन्स्योरेन्सले मर्जर प्रकृया अनुमोदन गर्न डाक्यो विशेष साधारण सभा

0
Shares

हिमालयन जनरल इन्स्योरेन्सले आगामी असार २ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्झौता गरेको यस कम्पनीले २०७९ असार २ गते बिहीबार बिहान ११ बजे एयरपोर्ट होटल, एयरपोर्ट, काठमाण्डौमा विशेष साधारण सभा डाकेको छ ।

कम्पनीका सचिव ध्रुुव प्रसाद न्यौपानेले २०७९ जेठ १५ गते अपरान्ह ४ बजे सम्पन्न २८३ औं बैठकले हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि विषेश साधारण सभा बोलाइएको बताए ।

दुई संस्थाबीच २०७९ बैशाख २३ गते मर्जर सम्झौता भएको थियो । उक्त मितिदेखि कम्पनीको सेयर कारोबार रोक्का रहेकाले मिति २०७९ जेठ २५ गतेसम्म सेयरधनी लगत किताबमा नाम रहेका सबै सेयरधनीहरुले विशेष साधारण सभामा उपस्थिति हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।