
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन २०० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तोलामा २०० रुपैयाँले बढेको सुनचाँदीको मूल्य मंगलबार सोही अनुपातमा घटेको जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपयाँले घटेर तोलाको पनि आज १ हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ, तेजावी सुन ९७ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५३ र चाँदी प्रतिऔंस २१.८८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया