
व्यवसायीक घराना केसी ग्रुप र केयल ग्रुपले पोखरा १८ सराङकोटमा साढे दुई अर्बको लागतमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट निमार्णको काम थालेका छन् ।
करिब १८ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा १ सय ४१ वटा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण कार्य सुरु गरिएको केसी ग्रुपका निर्देशक किरण केसीले जानकारी दिए ।
कम्पनीका अनुुसार एउटा अपार्टमेन्टमा किचन, डाइनिङ हल, लिभिङ रुम, ट्वाइलेट, बाथरुम रहनेछन् । दुई र तीन वटा सयन कक्ष सहितको अपार्टमेन्ट निमार्ण गरिने उनले जानकारी दिए ।
अपार्टमेन्ट भित्र सुपर मार्केट, जिम घर, सामुदायिक हल, गार्डेन, बालबालिका लागि खेल्ने ठाउँ, मन्दिर, पार्किङ, सुरक्षा व्यवस्था लगायतका सुविधा रहेको केयल ग्रुपका निर्देशक विकास अग्रवालले जानकारी दिए । अपार्टमेन्टहरुको मूल्य १ करोड ५० लाख देखी ३ करोड ५० लाख सम्मको रहेको छ ।
अहिले अर्पाटमेन्ट निमार्णका लागि फाउन्डेसनको काम भइरहेको केसीले जानकारी दिए । अहिलेसम्म करिब १५ प्रतिशत निर्माण पूरा भइसकेको छ । साढे दुई वर्षमा सक्ने लक्ष्य रहेको उनले बताए । सो क्षेत्रमा सुविधासम्पन्न होटल पनि निर्माण गर्ने कम्पनीको योजना छ ।
निमार्ण कै चरणमा पोखराबाहिरका शहरमा रहेका व्यक्तिहरुले बुकिङ गरीरहेको कम्पनीको भनाई छ । अहिले सम्म १६ वटा बुकिङ भैसकेका छन । सूर्योत्थान लक्जरी अपार्टमेन्ट पोखराको मुख्य बजार देखी ७ किमी दूरीमा पुग्ने सकिने कम्पनीले जनाएको छ ।
अपार्टमेन्ट निमार्ण स्थलबाटै उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण, मनाश्लु, धौलागिरी हिमश्रृंखलाहरु, पूर्व र दक्षिणमा पोखरा बजार, फेवाताल, केवलकार, रानीबन लगायतका दृश्य देखिने निर्देशक केसीले बताए ।
जय भद्रकाली डेभलपर्स प्रालिले अपार्टमेन्ट निमार्ण गरीको छ भने करिब साढे दुई अर्ब लाग्ने कम्पनीको अनुमान छ । केसी ग्रुप तर्फबाट प्रकाश केसी, किरण केसी, रोशन केसी र केयल ग्रुप तर्फबाट सत्यनारायण केयलको लगानी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया