सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले आफ्ना आदरणीय ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।

अब बैंकका ग्राहकले नेपालभरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्नका साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन ।

यस सेवा प्रयोग गरी ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजार भन्दा बढि एजेन्ट/सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।