बैदेशिक रोजगार बचतपत्रको ब्याजदर हालसम्मकै उच्च, होला त बिक्री ?

0
Shares

नेपाल राष्ट्र बैंकले बुधबार देखि निष्कासन तथा बिक्री खुला गरेको वैदेशिक रोजगार बचतपत्रमा हालसम्मकै उच्च ब्याजदर अफर गरेको छ । केन्द्रीय बैंकले बैदेशिक रोजगार बचतपत्र बिक्री बढाउन यसपालिको ब्याजदर हालसम्मकै उच्च तोकेको हो ।

नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने औजारको रुपमा प्रयोग हुने बैदेशिक रोजगार बचतपत्र, वैदेशीक रोजगारीमा गएका नेपाली वा उनका परिवारले खरिद गर्न पाउँछन् । तर, विशेष आकर्षण नभएपछि हालसम्म नै निष्कासन गरेको कुल रकमको ५ प्रतिशत पनि बिक्री हुन सकेको छैन् ।

केन्द्रीय बैंकले बुधबार देखि निष्कासन गरेको बैदेशिक रोजगार बचत पत्रको ब्याजदरले आगामी दिनमा बैंकिङ क्षेत्रको ब्याजदर अझै बढ्ने अनुमान लगाउन सकिन्छ । तर, बैदेशिक रोजगारमा गएका नेपालीले पाठाएको रेमिट्यान्सलाई बैंक वित्तीय संस्थामा बचत तथा मुद्दती राख्दा पनि अन्यमा भन्दा एक प्रतिशत धेरै ब्याज पाउने व्यवस्था छ ।

रेमिट्यान्स बैंकमा राख्दा पाउने फरक ब्याजदरलाई आधार बनाएर बैदेशिक रोजगार बचतपत्रमा लगानी हुने पैसा पनि रेमिट्यान्स नै भएकाले ब्याजदर बढाएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताए । “बिक्री नहुने विगतको समस्या सहज हुने अपेक्षा गर्दै ब्याजदर बढाइएको हो,” उनले भने,“बैदेशिक रोजगार बचतपत्रको ब्याजदरलाई मात्र आधार बनाई समग्र वित्तीय क्षेत्रको ब्याजदर बढ्ने अनुमान गर्न नमिल्ला ।”

हाल नेपाल राष्ट्र बैंकले तोकेको बैंक दर ७ प्रतिशत रहेको छ । पछिल्लो समयमा सो दर भन्दा धेरैमा टे«जरी बिल बिक्री भएको छ । त्यती मात्र नभई अन्तर बैंक ब्याजदर पनि बैंक दर भन्दा माथि पुगेको छ । बैंकहरुमा निक्षेप अभावको समस्या जस्ताको तेस्तै छ । नयाँ निक्षेप सृजना नभएको अवस्थामा कर्जाको माग नियन्त्रण गर्नका लागि पनि ब्याजदर अझै बढ्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७ साल देखि हालसम्ममा २२ पटक बैदेशिक रोजगार बचत पत्र निष्कासन गरेको छ । बुधबारदेखि निष्कासन तथा बिक्री खुला भएको बचतपत्र २३ औं हो । यसभन्दा अघिका बचतपत्रमा केन्द्रीय बैंकले १०.५ प्रतिशत भन्दा धेरै ब्याजदर अफर गरेको छैन । यसभन्दा अघि निष्कासन भएका २२ वटा बचपत्र मध्ये २०७२ सालमा बिक्री खुला भएको बचतपत्र सबैभन्दा धेरै निष्कासीत रकमको ३४ प्रीतशत बिक्री भएको थियो । राष्ट बैंकले यो अवधिमा निष्कासन गरेको सबै वैदेशीक रोजगार बचतपत्रको परिपक्क हुने अवधि ५ वर्ष नै तोकेको छ ।

पछिल्लो बचतपत्रमा लगानी गर्दा लगानीकर्ताले पाउने ब्याजदर वित्तीय क्षेत्रमा प्रचलनमा रहेको भन्दा धेरै हो । यो बचपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नामवाट लगानी गर्न सक्छन ।

‘बैदेशिक रोजगार बचत पत्र २०८४’ नाम गरेको बचपत्रको अवधि ५ वर्षको रहेको छ । सरकारले ५ वर्षपछि लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ । सो बचतपत्रका लगानीकर्ताले वार्षिक १२.५ प्रतिशतका दरले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् । जेठ १७ गतेदखि बिक्री खुल्ला भएको बचतपत्रमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो बचतपत्र असार १३ गते बाँडफाँड हुनेछ । बचतपत्रमा न्यूनतम १० हजार र सो रकमले निशेष भागजाने गरी कुल रकम बराबरको नै खरिद आवेदन दिन सकिनेछ । यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।